दिनभरि पानी परिरहन्छ: A collection of Nepali poems-traditional and experimental

Author:   Tulasi Acharya
Publisher:   Page Turner
ISBN:  

9798295859731


Pages:   154
Publication Date:   23 May 2026
Format:   Paperback
Availability:   Not yet available   Availability explained
This item is yet to be released. You can pre-order this item and we will dispatch it to you upon its release.

Our Price $39.60 Quantity:  
Add to Cart

Share |

दिनभरि पानी परिरहन्छ: A collection of Nepali poems-traditional and experimental


Overview

तुलसी आचार्यका प्रस्तुत सङ्कलनका कवितामा जीवनका अनेकौंँ आयामहरूको मार्मिक र भावनात्मक चित्रण भएको छ । बाआमाको पहिरनको स्मृति र आफ्नो बालकले उजागर गरेका पुस्तान्तरका सम्झनामा लेखिएका कविताहरूबाट आरम्भ भएको सङ्ग्रहले विषयहरूको प्रयोगात्मक संयोजन गरेको छ । तिनमा बा र हजुरबाको, ""आमाका भोगाइ""हरू अनि देशको सम्झनाको अत्यन्त मार्मिक प्रकारले प्रयोग गरिएको छ । कविताका विषयहरू साधारणदेखि लिएर अधिकाव्यिक, दार्शनिक र मातृभूमिजन्य शीर्षकहरूमा फैलिएका छन् । स्मृति र प्रणयरागको प्रयोग अनि आफू सम्प्रति कालमा बसेको भूमि जर्जियाले दिएका काव्यिक क्षणहरूमाथिका उद्गार यो सङ्कलनका कविताको अर्को सुन्दर पक्ष हो । नेपालमा आफ्नी पत्नीलाई लेखेको पत्र र नेपाल भूमिको स्मृतिसँग जोडिएर लेखेका कविताहरू मार्मिक र आकर्षक छन् । केही गद्यात्मक शैलीमा अनि कङ्क्रिट पोइट्रीको शब्दचित्रजन्य प्रयोग गरी लेखिएका कवितामा आचार्यको काव्यसाधनाको फराकिलो पक्ष भेटिन्छ । समग्रमा, योे जीवनका सहज, चुनौतीपूर्ण र भावात्मक पक्षमा लेखिएका पठनीय कविताहरूको सङ्कलन हो । - डा. अभि सुवेदी प्रस्तुत कविता-सँगालोमा तुलसी आचार्य प्रतिनिधि प्रयोगधर्मी कविका रूपमा उभिएका छन् । प्रचलित काव्यविधानलाई छाडेर नवीन वा अतिरिक्त काव्यसत्य चम्काउने उनको सत्प्रयास छ । सुन्दर विम्ब, उच्च लालित्य र भाव-गाम्भीर्यका साथ उनले युगीन चेतनाको शङ्खघोष गरेका छन् । हरेक शब्दमा जीवनको मधुरस भरिएको छ । शब्दले शब्दलाई धक्का दिएर आफ्]नो ठाउँ बनाएका छन् । काव्यको घनत्व गाढा छ । उनका कविता पाठकको अन्तस्थलमा आफ्]नो रैन बसेरा बनाउन सफल हुनेछन् । -राजकुमार बानियाँ

Full Product Details

Author:   Tulasi Acharya
Publisher:   Page Turner
Imprint:   Page Turner
Dimensions:   Width: 14.00cm , Height: 0.90cm , Length: 21.60cm
Weight:   0.186kg
ISBN:  

9798295859731


Pages:   154
Publication Date:   23 May 2026
Audience:   General/trade ,  General
Format:   Paperback
Publisher's Status:   Active
Availability:   Not yet available   Availability explained
This item is yet to be released. You can pre-order this item and we will dispatch it to you upon its release.
Language:   Nepali

Table of Contents

Reviews

""प्रयोग, प्राप्ति र लेखकीय पहिचान सहितको कविता"" - डा. नवराज लम्साल ""समाज, समय, मान्छे, वैश्विक परिवेश तथा अनुभूतिलाई संवेदनात्मक किसिमले प्रस्तुत गर्ने विशिष्ट कला"" - प्रा.डा. लक्ष्मणप्रसाद गौतम ""संक्षिप्तता, प्रभावकारिता र कलात्मक उच्चता सहितको कविता"" - कवि भुपिन ""प्रतिनिधि प्रयोगधर्मी कवि"" - राजकुमार बानियाँ ""प्रकृति र मानवताको समन्वयबाट प्रस्फुटित कविता"" - डा. गीता त्रिपाठी, कवि तथा समालोचक ""सामान्य र गहन परिघटनालाई पालुवाभन्दा कोमल रूप दिई काव्यिक बान्कीमा रूपान्तरण गर्ने कवि ।"" - सुदेश सत्याल ""परदेशका पीडा, घरदेशका नोस्टाल्जिया र निजात्मक अनुभुतिको गहकिलो कोलाज"" - राधिका कल्पित


Author Information

नेपालमा जन्मिएका डा. तुलसी आचार्य सन् २००८ देखि अमेरिकामा बसोबास गर्दै साहित्य, शिक्षा र अनुसन्धानमा सक्रिय छन् । उनले केनेसज स्टेट विश्वविद्यालयबाट प्रोफेशनल राइटिङमा स्नातकोत्तर, महिला अध्ययनमा स्नातकोत्तर, फ्लोरिडा एटलान्टिक विश्वविद्यालपबाट सार्वजनिक प्रशासनमा विद्यावारिधि तथा जर्जिया कलेजबाट क्रिएटिभ राइटिङमा एमएफए हासिल गरेका छन् । हाल साउथ जर्जिया स्टेट कलेजमा अंग्रेजी अध्यापन गर्छन् । उनका दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । अंग्रेजी पुस्तक Running from the Dreamland, Like Water on Leaves of Taro तथा नेपाली उपन्यास मोचन र स्वप्रभूमि चर्चित कृति हुन् । उनले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट होमनाथ सुवेदी डायस्पोरा उत्कृष्ट साहित्य पुरस्कार प्राप्त गरेका छन् ।www.tulasiacharya.com

Tab Content 6

Author Website:  

Countries Available

All regions
Latest Reading Guide

MRGC26

 

Shopping Cart
Your cart is empty
Shopping cart
Mailing List